कोरोनाका कारण मृत्यु भए नछोई संस्कार गर्न दिइने ( मन्त्रालयको १९ बुँदे कार्यविधी)


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भए शवको व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधी अनुसार कोरोना भाइरसका कारण कसैको मृत्यु भए छुन पाइँदैन, मृतकका आफन्तले पनि एक मिटर टाढाबाट पालैपालो शव हेर्न मात्रै पाउछन् ।

मन्त्रालयले भविष्यमा कसैको कोरोनाका कारण मृत्यु भए शव व्यवस्थापनमा सहजताका लागि कार्यविधी तयार पारेको हो । मन्त्रालयले सदगद गर्दा आफ्नो कुल परम्परा अनुसार शवलाई टाढैबाट जल छर्कन, पाठ गर्न र शव नछोई संस्कार गर्न दिइनेछ । यसरी सदगत गर्दा पूर्व सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ ।

कोरोनाका कारण कसैको मृत्यु भए प्रशासनको निगरानीमा गरिन्छ । कोरोना कारण मृत्यु भएकाहरुको सदगत गर्दा सबैले पीपीई अलगाउनु पर्ने कार्यविधीमा छ । कोरोना भाइरसको महामारी भएका देशहरुमा पनि स्थानीय प्रशासनले सतर्कता अपनाएर शवको अन्तिम संस्कार गर्दै आएको छ ।

मन्त्रालयले ६० वर्ष भन्दा माथि उमेर भएका र दीर्घरोगीको मृत्य सामान्य मानिसको भन्दा बढी सावधनी अपनाउनुपर्ने बताएको छ । नेपालमा बिहीबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकजना उपचारपछि घर फर्किएका छन् ।

यस्तो छ मन्त्रालयको १९ बुँदे कार्यविधी
१ शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीई को प्रयोग गर्नुपर्दछ ।
२ मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्दछ ।
३ कोरोनाका कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नुहुँदैन ।
४, शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्दछ ।
५ शवलाई कम भन्दा कम चलाउनु पर्दछ ।
६ शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ ।
७ शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।
८, शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ ।
९ शवलाई ‘डिस्इन्फेक्ट’ गर्न हुदैन ।
१० शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा र्पुयाउनुपर्दछ ।
११ शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्नेछैन ।
१२, ६० वर्ष माथिका व्यक्तिहरू र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्दछ ।
१३, सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरू गर्न सकिनेछ ।
१४, मृतकका आफन्तले शव हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट पालैपालो गरी हेर्न दिन सकिनेछ ।
१५, मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन । यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्दछ ।
१६, यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्दछ ।
१७, कोरोना कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नुपर्दछ ।
१८, पोष्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरू ‘डिस्इन्फेक्ट’ गर्नुपर्दछ ।
१९, क्लिनिकल सामाग्री सावधानी पूर्वक डिस्पोज गर्नुपर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com