कोरोनाको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण , १३४ आइसोलेशनमा


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधवारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको छ ।

अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका पनि प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको जानकारी उहाँले जानकारी गराउनुभयो । कोभिड १९ को रोकथामका लागि आवश्यक तयारी, पूर्व रोकथाकमा लागि अपनाउनुपर्ने उपाय, कोरोना सङ्क्रमितको उपचार तथा उनीहरुको निधन भएमा कसरी दाहसंस्कार गर्ने भन्ने बारे कार्यविधि बनाएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाडौ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्बन्धित पालिकाहरुलाई भिडभाड नगर्न र नगराउन कडाईका साथ अनुगमन गर्न पनि आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com