कोरोनाविरुद्ध सन्देश दिन अग्ला डाँडाकै सहारामा, स्वास्थ्यकर्मी र प्रहरी


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला–अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहनुभएको छ ।

बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत रोकायका लागि यो बाध्यता र कर्तव्य बनेको छ । उहाँलाई आफ्नो बच्चाको माया त छ त्योभन्दा बढी चासो गाउँमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाएर सयौँ सर्वसाधारणको जीवन बचाउने अभियानमा सामेल हुनुमा छ ।

जिल्लामा सो गाउँपालिका सूचना र सञ्चारको पहुँच नभएको स्थानीय तहका रुपमा स्थापित छ । यहाँ फोन गर्न र रेडियो सुन्नसमेत अग्ला डाँडाकै सहारा लिनुपर्छ । वरिपरि अग्ला डाँडाको बीचमा थोरै समथर रहेको लिम्सामा गाउँपालिकाको प्रसाशकीय कार्यालय छ । सोही गाउँबाट दैनिक कल्पनालगायत उहाँको साथमा आधा दर्जन प्रहरी तथा स्वास्थ्यकर्मी माइक र डेक लिएर देख्दै त्यहाँ कहिले पुगिएलाजस्ता लाग्ने अजङ्गका पहाड चढेर गाउँका सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न सन्देश प्रवाह गरिरहनुभएको छ ।

दिनभरि सन्देश प्रवाह गरी बेलुका स्वास्थ्य संस्थामा पुगी भोलिपल्ट बिहानै कुन गाउँमा गएर सन्देश प्रवाह गर्ने सल्लाहसहित टोली छुट्टिने गर्छ । लकडाउनपछि गाउँपालिकाका प्रहरी र स्वास्थ्यकर्मीको यो नयाँ दैनिकी बन्दै आएको छ ।
जिल्लाका सातै स्थानीय तहमा माइकबाट सन्देश प्रवाह गरी गाउँगाउँमा कोरोनाविरुद्धको सन्देश प्रवाह गर्ने काम चालू छ । अन्य ठाउँमा फोन र सञ्चारमाध्यमको पहुँच भए पनि दुर्गम बारेकोटमा भने ती सबै सुविधा पाउनु फलामका चिउरा चपाए झैँ हुने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । सदरमुकाममा बाक्लो बस्ती भएकाले प्रहरी प्रशासनलाई ‘लकडाउन’ कसरी कार्यान्वयन गराउने भन्ने चिन्ता छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “होम क्वारेन्टाइन बसेका छन् भनिएको छ तर निगरानी कसैले नगर्दा के भयो भन्ने पत्तो नै लाग्न सकेको छैन ।” एक गाउँबाट अर्को गाउँमा जान दिनभरि लाग्छ उहाँले थप्नुभयो, “विदेशबाट आएका मान्छेका सकभर जानकारी नै दिइन्नँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले भन्नुहुन्छ, “यस्तो स्थितिमा अहिले स्वास्थ्य संस्थाबाट हतियारबिनाका सिपाही झैँ स्वास्थ्यकर्मी खटिनुभएको छ, उहाँहरु अहिलेको मुख्य हिरो हो तर उहाँहरुसँग हतियार छैन । बिनाहतियार युद्धमा खटाइएको छ ।”
अन्य स्थानीय तहमा लकडाउनभन्दा पनि कोरोना भाइरसका विषयमा व्यापक जानकारी गराउनु आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले प्रहरी र स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।

जिल्लामा क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अपमान हुने बुझाइका कारण समस्या हुँदै गएको बताउने पत्रकार राजेन्द्र कार्की भन्नुहुन्छ, “हामीले क्वारेन्टाइनका विषयमा बुझाउन सकेनौँ र बाहिरबाट आएकाहरु बस्न नमान्ने समस्या छ ।”

हालै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्लामा थर्मलगनलगायत अन्य स्वास्थ्य सामग्री भित्रिएका कारण काम गर्न सजिलो हुने अपेक्षा भने लिइएको छ । जिल्ला अस्पतालबाट नै बिरामीको नमूना लिन मिल्ने उपकरण उपलब्ध गराई तालिमसम्म दिएको भए प्रभावकारी हुने स्थानीय तहका प्रमुखहरुको भनाइ छ । छिमेकी डोल्पामा लकडाउनको उल्लघङ्न हुन थालेपछि आजदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com