पसलमा भीडभाड बढेपछि ‘लकडाउन’ झनै कडा


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइबुझाइ गरेर छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ । “दैनिक उपभोग्य वस्तु पनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “लकडाउनको पालना गराउन हाम्रोतर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्र्छौं ।” बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । सङ्क्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो ।

सङ्क्रमित दुवैको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको सङ्क्रमण भेटिएको थियो । दुवै जना कतार एयरको क्युआर ६५२ बाट नेपाल आएका थिए । सङ्क्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच सरकारले सङ्क्रमितको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका करिब ९०० र सङ्क्रमितका छिमेकी, आफन्त गरेर एक हजार जतिको ‘-यापिड टेस्ट’ गरिने भएको छ । थप सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com