कोरोनाविरुद्ध सजकता नअपनाए आगामी दिन झनै चुनौतीपूर्ण हुने : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा रहेको जनाउँदै आउने दुई साता अझै चुनौतीपूर्ण हुने बताउनुभएको छ । ‘मानव जातिले यस्तो महारमारीको सामना गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘पटकपट लड्नु, धुलो टकटकाउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वाभाव हो । यस विषेशताको कारण हामीले यो संकटमाथि विजयी हासिल गर्ने छौँ ।’

कोरोना महमारी विरुद्ध सरकारले समयमै चालेका कदमले सयौैँको जीवन जोगिएको उहाँको भनाइ छ । ‘आउने केही हप्ता हामीले अलिकति साह्रोगाह्रो सहँदा थप जीवनको रक्षा गर्न अवश्य सकिन्छ,’ उहाँले भन्नुभयो, ‘आउनुहोस् फेरि एकपटक ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तो धैर्यता र साहस प्रदर्शन गरौँ । तपाइँहरुलाई सुविधा उपलब्ध गराउन आपूर्ति व्यवस्थामा कुनै कमी आउन नदिन सुरक्षा प्रबन्ध व्यावस्थित राख्न र कोरोना भाइरस फैलिन नदिन सरकार प्रतिबद्ध छ ।’

कोरोना महामारीको संक्रमण फैलन नदिन सबै झनै सचेत बन्न आवश्यक रहेको बताउँदै उहाले -यापिड टेष्टले संक्रमित व्यक्तिहरुको थप पहिचान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले लकडाउन नै कोरोना परािजत गर्ने सबैभन्दा सुरक्षित हतियार रहेको बताउँदै लकडाउनको विकल्प नरहेको प्रस्ट पार्नुभएको छ ।

काेराेना रोकमथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति र सिसिएमसीले काम अघि बढाइरहेको जानकारी दिँदै उहाँले पहिचान, परीक्षण र उपचारका लागि चारवटा संरचना खडा गरिएको बताउनुभयाे । सबैको साझेदारीमा सिसिएमसी सञ्चालन हुने उहाँकाे भनाइ छ ।

‘सीमाकाे पीडा बुझेका छाैँ’

आज देशबासीको नाममा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भन्नुभयो, ‘नेपालमा लकडाउन सुरु भएपछि नेपालभारत सीमा नजिक आउनुभएका नैपालीहरुले भोग्नुपरेको पीडा हामीले बुझेका छौँ । तर संक्रमणको जोखिम कम गर्न हामीले सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ ।’

भारत सकरकासँग समन्यव गरी सीमापारि रहेका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेन्टाइनमा राखिएको पनि उहाँले जानकारी गराउनुभयो । सीमावारि रहेका करिव ७ सय भारतीय नागरिकहरुलाई पनि नेपाल सरकारले नै क्वारेन्टीनमा राखेको उहाँको भनाइ छ ।

उहाँले विदेशका रहेका केही नेपालीहरुमा पनि संक्रमणमा चिन्ता व्यक्त गर्नुभयाे । ‘हाम्रा दुतावासहरु प्रवासी नेपालीहरुको समस्या समाधानका निम्ति सक्रिया छन्,’ उहाँले भन्नुभयाे, ‘गैरआवसीय संघ र सामुदायिक संघहरुले पनि सक्दो सहयोग गरिरहका छन् । विदेशमा रहनुभएका नेपालीहरुको बारे राष्ट्रपतिले समेत जानकारी लिइहरनु भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com