उच्च क्षमताको काेराेना परीक्षण गर्ने मेसिन गुपचुप राखेर नयाँ मेसिन माग !


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो।

दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि पोखरामै सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण थालिएको भनेर प्रचारप्रसार गरियो। काठमाडौंबाट ल्याइएको मेसिनबाट नमुना परीक्षण सुरु भएको सबैतिर चर्चा भयो। तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को प्रयोगशालामा रहेको अर्काे पिसिआर मेसिनबारे भने सबै मौन बसे।

काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइएको मेसिनभन्दा धेरै गुणा क्षमतायुक्त र भरपर्दाे मेसिन पोखरामै (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) भए पनि यहाँ कोरोना परीक्षण प्रयास नगरी मेसिन र किट नभएको भन्दै संकलित नमुना काठमाडौं पठाइयो। पोखरामा रहेको सो मेसिन बिग्रिएको भनेर पदाधिकारी पन्छिन खोजे।

पोखरामै रहेको क्षमतायुक्त मेसिनमा किट झिकाएर नमुना परीक्षण थाल्न सकिने अवस्था रहँदा पनि मेसिन नभएको भन्दै काठमाडौं पठाएर उच्चपदस्थ पदाधिकारी गैरजिम्मेवार बनेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीको भनाइ छ। निर्देशनालयका एक अधिकारीका अनुसार संघीय सरकारले साताअघि पठाएको पोर्टेबल पिसिआरभन्दा क्षेत्रीय अस्पताल प्रयोगशालामा रहेको मेसिन निकै गुणस्तरयुक्त, भरपर्दाे र क्षमतायुक्त छ। तर, अस्पतालका पदाधिकारीले त्यो मेसिन प्रयोगमा ल्याउन नचाहेर गुपचुप राखेको ती अधिकारीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एक महिना अघिसम्म साह्रै नै भरपर्दाे मेसिन पोखरामै छ। कोरोना परीक्षण पोखरामै भइहाल्छ भनेर अस्पतालका पदाधिकारी बोल्दै हिँडे,’ निर्देशनालयका ती अधिकारीले भने, ‘तर जब परीक्षण गर्नुपर्ने अवस्था आयो, त्यो बेला भने मेसिन बिग्रिएको भनेर पन्छिए।’ याे खबर नागरिक दैनिकमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com