एकमहिनामा अमेरिकामा १७ लाखमा कोरोना परीक्षण


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

मार्च ५ देखि अप्रिल ५ सम्मको एकमहिनाको अवधिमा अमेरिकामा १७ लाखमा कोरोना परीक्षण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने – ‘हामीकहाँ कोरोना भाइरसका बढी केसहरु देखिएका छन् । किनभने हामीले धेरैको टेस्ट गरेका छौं । यत्तिकै घरमा बसे कतिलाई संक्रमण भएको थाहा हुँदैन । हामीले विश्वका कुनै पनि देशको भन्दा बढीमा टेस्ट गरेका छौं ।’

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । जुन इटली र स्पेनको भन्दा कम रहेको छ । इटलीमा मृतकको संख्या १६ हजार नाघेको छ भने स्पेनमा १३ हजार नाघेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com