सुदूरपश्चिममा मात्र कोरोना संक्रमितको संख्या ४ पुग्यो, चारै जनाको सेती अस्पतालमा उपचार हुँदै


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

कोरोना संक्रमित धनगढी उपमहानगरपालिका– ५ का एक युवाका परिवारका एक सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।  यस्तै, कैलालीको लम्की घर भएका एकजना पुरुष तथा कञ्चनपुर घर भएका अर्का एक व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

लम्कीका ती युवा ११ चैतमा गौरीफण्टा नाका भएर भारतबाट आएको खुलेको छ । १२ गतेदेखि लम्कीकै क्वारेन्टाइनमा बसेका ती युवामा कोरोना देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

भारतबाटै घर फर्किएका कञ्चनपुरका अर्का संक्रमित पुरुषलाई पनि सेती प्रादेशिक अस्पतालमै ल्याएर उपचार थालिएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । यी सबै चारैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रदेश सरकारले यस अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com