ओम्नी समूहसँग स्वास्थ्य सामाग्री ल्याउन गरिएको सम्झौता रद्ध, ५ करोड धरौटी जफत


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

स्वास्थ्य उपकरण खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् उक्त सम्झौता रद्ध गरेको बताएका हुन् ।

स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताए ।

साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी कालोसूचीमा राखिएको महानिर्देशक श्रेष्ठले बताए । ओम्नीले बोलकबोल गरेको मध्ये १८ प्रतिशत सामान मात्रै नेपाल ल्याउन सकेको र थप सामान ल्याउन नसकेको तथा ल्याउने प्रतिवद्धता पनि जाहेर नगरेको भन्दै सम्झौता रद्द गरेको उनको भनाइ छ ।

विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा अति महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै चौतर्फी विरोधसमेत भएको थियो । उनले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com