कोभिड–१९ : अमेरिकामा रहेका नेपाली समुदायलाई सुरक्षित भई बस्न राष्ट्रपति भण्डारीको आग्रह


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताउनुभयो । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गर्नुभएको र नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गर्नुभएको उल्लेख छ । राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अपिलमा जनाइएको छ । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।

राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका लागि नेपाल सरकारले निर्णय गरेअनुरुप अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जनाउनुभयो ।

दूतावासले गैरआवासीय नेपाली सङ्घ अमेरिकालगायत अमेरिकाका ५० राज्यमा रहेका १२६ सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित कन्फ्रेन्स कल गरी नेपालीको अवस्था र गर्नुपर्ने सहयोगका बारेमा छलफल गरीे आवश्यक लगत राख्ने काम थालिएको जनाएको छ ।
राजदूत कार्कीद्वारा जारी अपिलमा कोभिड–१९ को यो विषम परिस्थितिमा नेपाल सरकारका निर्णयहरु तथा जानकारीमूलक सन्देश सामग्री तथा अपिलहरुको प्रचारप्रसारमा जोड दिइएको जनाइएको छ । अति आवश्यक सेवा प्रवाहलाई समेत निरन्तरता दिँदै केही समस्या परे २४ सै घण्टा सेवा उपलब्ध हुने गरी चार वटा फोनलाइनको व्यवस्था गरिएको तथा कोभिड–१९ का निम्ति छुट्टै इमेलको व्यवस्था मिलाइएको अपिलमा उल्लेख गरिएको छ । दूतावासले विद्यार्थीलाई छिटो छरितोरूपमा सेवा प्रदान गर्नका लागि समेत छुट्टै इमेल सेवाको व्यवस्था गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही समस्या परे अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावास र न्यूयोर्कस्थित वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि सबैमा दूतावासले आग्रह गरेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीको ज्यान गएको छ भने केही अस्पतालमा उपचारार्थ रहेका छन् । नेपालीको बाक्लो बसोबास रहेको न्यूयोर्क शहर अहिले कोभिड–१९ को इपिसेन्टरजस्तै बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com