न्युयोर्क आइपुग्यो ल्याब, फार्मेसी र अपरेशन कक्ष सहित १ हजार शैयाको पानीजहाज अस्पताल


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

सोमबार न्युयोर्कमा १ हजार शैयाको नेभी अस्पताल पानीजहाज ल्याइएको छ । उक्त अस्पताल न्युयोर्क सिटीको समुन्द्रको किनारामा पार्क गरिएको छ ।

यो अस्पतालभित्र १२ सयजना मेडिकल टिमका सदस्य समेत रहेका छन् । यसभित्र १२ वटा अपरेशन कक्षहरु रहेका छन् भने भित्रै फार्मेसी समेत रहेको छ । त्यस्तै जहाजभित्रै ल्याब समेत रहेको छ ।

यो पानीजहाज पियर ९० मा पार्क गरिएको छ । उक्त जहाजभित्र ८० वटा आईसीयु समेत रहेका छन् । यो जहाजमा केवल कोरोनाभाइरसको संक्रमण भएकाहरुकोमात्र उपचार गरिने भएको छ ।

यो न्युयोर्क सिटीमा एउटा अर्को अस्पताल थपिएसरह भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । उनले हरेकको जीवन बचाउन हरतरहले प्रयास गरिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीचअमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को उपचारका लागि औषधी प्रयोगको आपतकालिन स्वीकृति प्रदान गरेको छ । एफडीएले मलेरियाबिरुद्धको औषधीको प्रयोग कोभिड १९ का लागि स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिपछि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले वक्तब्य जारी गरेर ३० मिलियन डोज हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट र १ मिलियन डोज क्लोरोक्वीन फस्फेट राष्ट्रिय भण्डारणलाई प्रदान गरिने जनाएको छ ।

क्लोरोक्वीन फस्फेट बेयर फार्मास्युटिकल्सले बनाएको हो भने हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट स्याण्डोजले प्रदान गरेको हो । यो औषधी चिकित्सिकले कोभिड १९ का बिरामी किशोरहरु र जवानहरुका लागि प्रयोग गर्न सक्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाबिरुद्धको औषधी कोभिड १९ को उपचारमा गेम चेन्जर हुनसक्ने बताउँदै आएका छन् । यी औषधीहरु सामान्यतया मलेरियाको उपचारका लागि मुखबाट दिने औषधीहरु हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले कोरोना भाइरसबिरुद्धको ल्याब परीक्षणणमा यी औषधीले कोरोना भाइरसबिरुद्ध गतिविधि देखाएको उल्लेख छ । तर अहिलेसम्म कोरोनाको छुट्टै औषधी भने बनिसकेको छैन ।

एफडीएले न्युयोर्कमा रहेका केही काभिड १९ का बिरामीमा यी औषधीहरु चलाउनका लागि स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाको न्युयोर्कमा सबैभन्दा धेरै कोरोना संक्रमणका बिरामीहरु पुष्टी भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com