न्युयोर्क : १० हजार कोरोना संक्रमित अस्पतालमा, ४ हजार उपचारपछि घर फिर्ता


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

न्युयोर्क राज्यभर कोरोना भाइरसको संक्रमण ६६ हजार ४ सय ९६ जनामा पुष्टी भएपनि १० हजारमात्र अस्पतालमा भर्ना भएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले सोमबार दिउसोको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

न्युयोर्क राज्यमा अस्पतालमा भर्ना भएपछि घरमै आराम गर्नेगरी ४ हजार भन्दा धेरैलाई डिस्चार्ज गरिएको पनि कुमोले जानकारी दिएका छन् । न्युयोर्कमा मृतकको संख्या भने १२ सय १८ पुगेको छ । जसमध्ये एकजना नेपाली समेत छन् ।

यसैबीच सोमबार न्युयोर्कमा १ हजार कोठाको पानीजहाजको अस्पताल ल्याइएको छ । उक्त अस्पताल न्युयोर्क सिटीको समुन्द्रको किनारामा पार्क गरिएको छ ।

यो अस्पतालभित्र १२ सयजना मेडिकल टिमका सदस्य समेत रहेका छन् । यसभित्र १२ वटा अपरेशन कक्षहरु रहेका छन् भने भित्रै फार्मेसी समेत रहेको छ । त्यस्तै जहाजभित्रै ल्याब समेत रहेको छ ।

अमेरिकाभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजारको नजिक पुगेको छ । संक्रमितको संख्या भने झण्डै १ लाख ६० हजार पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com