महाकाली पौडेर नेपाल आएका युवा : प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

लकडाउनका कारण नेपाल-भारत सीमा बन्द भएपछि भारतीय सीमावर्ती शहरबाट नेपाल फर्कन लागेको मजदूरहरू भारतको धार्चुलामा अलपत्र परेका छन् ।

करिब ४५० भन्दा बढीको संख्या रहेका उनीहरुले आफ्नो जिल्ला फिर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । भारतको पिथौरागढ, चम्पावत, धार्चुलालगायतका शहरमा मजदुरी गरेर घर फर्कन लागेका दार्चुला, बैतडीलगायत जिल्लाका मजदूर दार्चुला सदरमुकास्थित महाकालीपारि धार्चुलामा अलपत्र परेका हुन् । उनीहरु २ दिनदेखि त्यहाँ रोकिएका छन् तर स्थानीय प्रशासनले समन्वय गरेर स्वदेश झिकाउने तत्परता देखाएको छैन ।

‘आफ्नो जनता फिर्ता ले, नेपाल नाका खुला गर’ भन्दै उनीहरूले नाराबाजी गरिरहेको भिडियो नबबहादर विष्टले ट्वीटरमा हालेका छन् । जहाँ सयौँ नेपाली उत्तेजित भएर नाराबाजी गरिरहेको देखिन्छ ।

यसैबीच २ दिनदेखि नाकामा अलपत्र पर्दा पनि प्रशासनले अनुमति नदिएपछि एक युवा महाकाली पौडेरै नेपाल आएका छन् । नरबहादुर विस्टले नै दोस्रो ट्वीट गर्दै भनेका छन्, ‘…नेपाल आउने अनुमती नपाएपछि जोखिमपुर्ण किसिमले महाकाली नदीमा पौडी खेलेर नेपाल आएका इन्द्रराज खत्री । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com