धनगढी पुग्याे, चीनबाट ल्याएको स्वास्थ्य सामग्री


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

कोरोनाको उपचारको लागि चाहिने चीनबाट ल्याएको स्वास्थ्य सामग्री धनगढी पुगेको छ । यसअघि उक्त स्वास्थ्य सामग्री बोकेर धनगढीका उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि फिर्ता गरिएकाे थियाे ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसर क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी पुन: पठाइएकाे हाे । स्काई ट्रकमा कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने सुरूक्षा उपकरणा तथा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएकाे छ ।

हिजो मात्रै ती सामान नेपाल एयरलाइन्सको विमानमार्फत चीनबाट ल्याइएको थियो । यसैगरी प्रदेश १ राजधानी विराटनगरका लागि सामान लोड गरेको अर्को स्काई ट्रक पनि रोकिएको थियाे ।

चीनबाट पाँच थान पीसीआर मेसिन ल्याइएको छ । त्यसका लागि आवश्यक किट २० हजार थान ल्याइएकाे छ । भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय गरेकाे थियाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मागलाई ध्यानमा राखेर बैठकले प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको थियाे । बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने निर्णय भए थियाे । अरू सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान ल्याइएकाे थियाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com