लकडाउनपछि उपत्यका ग्रिन जोनमा


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ६ दिन अघि सरकारले गरेको लकडाउनपछि काठमाडौं उपत्यकासहित देशभरको वातावरण स्वच्छ बनेको छ । सधैं भिडभाड र व्यस्त हुने काठमाडौ सुनसान हुदा वायुमण्डल समेत सफा देखिएको छ । देशभर उद्योग, कलकारखाना बन्द छन र अत्यावश्यक बाहेकका सवारी साधनसमेत नगुड्दा देशभरको वातावरण ग्रिन जोनमा परेको छ ।

यतिबेला काठमाडौ उपत्यकाको दृश्य मनमोहक छ । चारैतिर पहाडै पहाडले घेरिएको उपत्यका लकडाउनको कारण शान्त छ । उपत्यका शान्तमात्र छैन अहिले उपत्यकाको वायु समेत धेरैपछि पूर्णतः स्वच्छ देखिन्छ । सिंगै शहर ध“ुवाधुलो मुक्त छ ।
विगतका वर्षमा यतिबेला प्रदुषण मापन गर्दा सधैं रेड जोनमा रहने काठमाडौं उपत्यका प्रदुषणमुक्त बनेको छ । कारोनाको नियन्त्रणको लागि देशव्यापी लकडाउनसंगै प्रदुषणको मात्रा घटेर नेपाल ग्रीन जोनमा परेको हो । उपत्यकासहित देशभरको प्रदूषणकाृ मात्रा ह्वात्तै घटेको छ । जसको कारण उपत्यकाको आकाश सफा देखिन्छ । वरपरका डाडाका“डामा हरियाली बढेको छ र टाढा हिमालका लहर छर्लङ्ग देखिन थालेका छन ।

धेरे लामो समयपछि पहिलो पटक काठमाडौ यति स्वच्छ देखिएको हो । काठमाडौंमा बिभिन्न स्थानमा वायु प्रदूषण घटेको छ । प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार देशभर वायु प्रदूषण कम भएर ग्रिन जोन कायम भएको छ ।

कोरोनाको संक्रमणले बिश्वव्यापी त्रास बढे पनि वातावरण भने बिश्वभरी नै सफा हुदै गइरहेको छ । लकडाउनको कारण उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न छोडेपछि काठमाडौ उपत्यका सहित देशभरको हावाको गुणस्तर समेत राम्रो भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपत्यकाको धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण आमनागरिकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने गरेको छ । अध्ययनहरुका अनुसार उपत्यकामा धुलोधुवा“ र बायु एवं ध्वनी प्रदूषणका कारण सिर्जित रोगहरुबाट बार्षिक ३५ हजार जनाको मृत्यु हुने गरेको छ भने विश्वका सातवटा प्रदूषित शहरमा काठमाडौं पर्न बाध्य छ । संयोग नै भनौं अहिले लक डाउनको कारण उपत्यकामा यो समस्या छैन । तर लकडाउन खुल्नासाथ शहरको दुर्दशा उस्तै हुनेछ । त्यसैले अहिलेको स्वच्छता कायम गर्न भोलिका दिनमा पनि कायम गर्न आमनागरिकदेखि सरकारसम्म सक्रिय हुनैपर्छ ।

काठमाडौ भिडभाड देखि धुवा धुलोले वाक्य दिक्क भएका राजधानीबासी यतिखेर स्वच्छ बायुमण्डल देखेर खुसी भएका छन । खुलेको हिमाल, उपत्यका डाडाकाडालाइ अवलोकन गर्दे मज्जा समेत लिइरहेका छन । लकडाउनको पालनागर्दै प्रदुषण मुक्त सहरको दृश्य हेर्दै मोहित समेत हुन थालेकाछन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com