चैत २५ गतेसम्म लकडाउन हुने,अन्तर्राष्ट्रिय उडान बैशाख ३ गतेसम्म प्रतिबन्ध


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

पहिलो एक साताको लकडाउनमा सर्वसाधारणको हिडडुँल र बाहिरी गतिविधि नरोकिएको र यसबीचमा कोरोना भाइरस कोभिड १९ संक्रमित व्यक्ति थपिएपछि सरकारले लकडाउन अवधि थप्ने निश्चित भएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको अवधि थप एक साता बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद्को वैठकले समितिको सिफारिस अनुमोदन गर्दै लकडाउन अवधि थप्ने निर्णय गर्ने भएको बताइएको छ ।

मन्त्रिपरिषद् वैठकले लकडाउनले मारमा परेका विपन्न वर्ग तथा दैनिक ज्याला मजदूरी गर्नेहरुलाई राहत प्याकेज घोषणा गर्ने निर्णय पनि लिने भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले विपन्न वर्गका लागि दिइने राहतको बारेमा पनि निर्णय लिदै सरकारलाई सिफारिस गरेको बताइएको छ ।

सरकारले यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । यो घोषणासंगै देशभर अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको थियो । सरकारले समितिको सिफारिस अनुमोदन गरेपछि मुलुक पुनः चैत २५ गते लकडाउनमा जाने छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय उडाउमा लगाएको रोक पनि बढाएर नयाँ बर्ष २०७७ सालको वैशाख ३ गतेसम्मका लागि पु¥याउने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच गृहमन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका व्यक्ति क्वारेन्टाइनमा बस्न नमानेमा संक्रामक रोड नियन्त्रण ऐन २०२० अनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय तोक्ने भएको छ । यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । यस्तै सरकारले अन्तर्राष्ट्रिय उडाउमा लगाएको रोक पनि बढाएर नयाँ बर्ष २०७७ सालको वैशाख ३ गतेसम्मका लागि पु-याउने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com