कोभिड १९ बारे जानकारी गराउन स्वास्थ्य मन्त्रालयद्वारा वेबसाइट र मोबाइल एप्स सुरू


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न लागि वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वेबसाइट र एपको शुभारम्भ गर्नुभएको हो । मन्त्रालयले एपसँगै कोभिड १९ को सूचना प्राप्त गर्न सहज होस भन्ने उद्देश्यले सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसविरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथ काम गरिरहेको हुनाले नआत्तिन अनुरोध गर्नुभएको छ । उहाँले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गर्नुभएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउने उद्देश्यका साथ मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एप्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि अयखष्मज्ञढ.mयजउ.नयख.लउ बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकनेछ । एमओएचपी नेपाल कोभिड (covid19.mohp.gov.np) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ ।

वेवसाइटमा हव अस्पताल, कोभिड १९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com