कोरोना संक्रमित व्यक्तिसँगै अर्घाखाँची आएका ४ जना सम्पर्कमा, एकलाई बुटवल रिफर


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

कोरोना भाइरसको संक्रमित धनगढीका एक युवासँग अर्घाखाँचीका ४ जना युवाहरु एउटै जहाजमा आएको पुष्टि भएको छ । धनगढीका तीयुवासँग एउटै जहाजमा आउनेमा भूमिकास्थान नगरपलिका असुरकोटका २ जना, छत्रदेब गाउँपलिका ठूलापोखरका एकजना र केरुङ्गाका एकजनारहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।

उक्त युवाहरुमाध्ये एक जनाले दुबईमा कोरोना संक्रमित व्याक्तिहरुलाई खाना पुराउने काम गरेर स्वदेश आएको हुदाँ उच्च जोखिम देखिएकाले प्रादेशिक अस्पताल रिफर गरिएको डा. गौतमले बताउनुभयाे ।

‘संक्रमितसँग एउटै जहाजमा आएकामध्ये एक जना आइसोलेशन वार्डमा काम गरेर आएकाले उच्च जोखीम देखियो,’ डा. गौतमले भन्नुभयाे, ‘उहाँलाई रुखा लागेको पाएपछि प्रादेशिक अस्पताल बुटवलमा नमुना संकलनको लागि रिफर गरेका छौ । ’

अन्य तीन जना युवाहरुलाई सन्धिखकको बेलबाटिका क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा भारत तथा अन्य मुलुकबाट १८ सयभन्दा बढी भित्रिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेलबासेले जानकारी दिनुभयो ।

अहिलेसम्म सन्धिखर्कको हटारिनेटामा १० जना, भुमिकास्थानमा ६ जना , छत्रदेब गाउँपालिकामा १० जना र सन्धिखर्क बेलबाटिकामा ३ जना गरि २९ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com