न्युयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानमा कोरोना संक्रमण, अस्पतालमा भर्ना


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

न्युयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानमा कोरोना संक्रमण पुष्टी भएको छ । उनको न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेको छ ।

विगत केही समयदेखि घाँटी दुख्ने, ज्वरो र खोकीको लक्षण देखिएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । अहिले आफूलाई स्वास फेर्न गाह्रो भइरहेको र बोल्न नसक्ने अवस्था भएको उनले अस्पतालबाट खसोखासलाई जानकारी दिए ।

उनले भेन्टिलेटरको सहायताले स्वास फेरिरहेको बताएका छन् ।

न्युयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका उनी केही दिनअगाडि अस्पतालमा भर्ना भएका थिए । हिजोमात्र उनले आफू कष्टमा रहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका थिए । उनले आफ्ना लागि प्राथना गरिदिन समेत सबैलाई अनुरोध गरेका थिए ।

मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्युजिक भिडियो र चलचित्रहरु समेत खिचेका छन् । मोक्तान डिजिटलमार्फत उनले फोटोग्राफी सम्बन्धि सेवा समेत संचालन गर्दै आएका छन् ।

(हामीले उहाँको अनुमति लिएर उहाँको नाम सार्वजनिक गरेका हौं । – सम्पादक)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com