अमेरिकामा ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

अब अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको छ । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।

एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्नेगरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरिएको हो ।

अमेरिकामा अहिलेसम्म १ लाख ४ हजार १ सय ४२ मा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा १६९५ जनाको मृत्यु भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com