न्युयोर्क सिटी : अस्पतालमा ५२५०, आईसीयुमा ११७५, संक्रमित २६६९७


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६६९७ पुगेको छ । तीमध्ये न्युयोर्क सिटीभित्रमात्र ५२५० जना अस्पतालमा भर्ना गरिएका छन् भने ११७५ जना आईसीयुमा रहेका छन् ।

आज बेलुका ६ बजेसम्मको विवरण अनुशार न्युयोर्क सिटीभित्र सबैभन्दा धेरै संक्रमित क्वीन्समा रहेका छन् । क्वीन्समा संक्रमितको संख्या ८ हजार ५ सय २९ रहेको छ । न्युयोर्कको क्वीन्सको आकार पोखरा भन्दा झण्डै आधासानो रहेको छ । न्युयोर्कको क्वीन्समा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

न्युयोर्कको बु्रकलिनमा ७ हजार ९१ मा संक्रमण पुष्टी भएको छ भने ब्रोंक्समा ४ हजार ८ सय ८० मा संक्रमण पुष्टी भएको छ । म्यानहटनमा ४ हजार ६ सय २७ जनामा संक्रमण पुष्टी भएको छ भने स्टेटन आइल्याण्ड १५ सय ३४ जनामा संक्रमण पुष्टी भएको छ ।

न्युयोर्कसिटीमा अहिलेसम्म ४५० जनाको मृत्यु भएको छ । न्युयोर्क राज्यमा ४४ हजार ८ सय १० जना संक्रमित भएका छन् ।

विगत तीनदिनमा न्युयोर्क सिटीका अस्पतालमा मात्र ७९० वटा भेन्टिलेटर पठाइएको छ । न्युयोर्क सिटीले अहिलेसम्म संघीय सरकारबाट २ हजार भेन्टिलेटर प्राप्त गरिसकेको छ । भोलि थप ६ सय भेन्टिलेटरहरु न्युयोर्कका अस्पताललाई पठाइने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com