न्युयोर्कको सेन्ट्रल पार्क नर्थ स्टेशनमा आगलागी, ट्रेन चालकको निधन, ९ जना अस्पताल भर्ना


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

शुक्रबार विहान न्युयोर्कको सेन्ट्रल पार्क नर्थ स्टेशनमा भएको आगलागीका क्रममा यात्रुहरुलाई त्यहाँबाट निकालेर जोगाउन खोज्दा ट्रेन चालकको निधन भएको छ । बु्रकलिनका ट्रेन चालक ग्यारेट गोब्लेको निधन भएको हो ।

विहान सबा तीनबजे सेन्ट्रल पार्क नर्थ स्टेशन ११० स्ट्रीटमा उद्दारकर्ताहरु पुग्दा धुँवासहितको आगोका कारण चालक बेहोस अवस्थामा भेटिएका थिए । उनलाई तत्काल माउन्ट साइनाई अस्पतालमा लगिएको थियो । तर अस्पतालमा उनलाई बचाउन सकिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गम्भिर घाइते भएका तीनजना पुरुष र एकजना महिलालाई पनि अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै अन्य ५ जना अग्नीनियन्त्रकहरुलाई पनि अस्पतालमा भर्ना गरिएको छ । कम्तीमा ७ जनालाई घटनास्थलमा नै उपचार गरिएको थियो ।

ब्रोंक्स जाँदै गरेको २ नम्बर ट्रेनको दोश्रो डब्बामा आगो सुरु भएको थियो । आगलागी कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । सोही समयमा प्लेटफर्मका अन्य स्थानमा पनि आगो लागेको जनाइएको छ ।

अनुसन्धानकर्ताहरुले ट्रेनभित्र जलेको सपिंग कार्ट फेला पारेका थिए । तर त्यहीबाट आगो सुरु भएको हो वा होइन भन्नेबारे स्पष्ट छैन । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

आगलागीपछि धुंवा भरिंदा यात्रुहरु निसासिएका थिए । यो ट्रेनका पछाडि अर्को ट्रेन पनि रहेको र त्यसमा रहेका यात्रुहरुलाई सकुशल निकालिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com