सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ : प्रधानमन्त्री


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सरकार साथमा रहेको बताउनुभएको छ ।

बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सङ्कटको यो समयमा बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीको साथमा सरकार रहेको बताउनुभएको हो । साथै प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित नहुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीको चार सन्देशमा अहिले मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन भनिएको छ । त्यस्तै उहाँले ‘तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गर्नु’ पनि भन्नुभएकोे छ ।

प्रधानमन्त्री ओलीकाे चार सन्देश बुँदामा

१ चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ ।

२ तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ ।

कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ ।

४ सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com