न्युयोर्क सिटीमा १७,८५६ मा कोरोना संक्रमण, पुलिस डिपार्टमेन्टका मात्रै २३६


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

न्युयोर्क पुलिस डिपार्टमेन्टका २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये १९७ जना अफसरहरु हुन् भने अन्य सिभिलियनहरु हुन् ।

ती बाहेक ३२ सय प्रहरी अधिकारीहरु बिरामी विदामा रहेका छन् । जुनसंख्या न्युयोर्क पुलिस डिपार्टमेन्टको ९ प्रतिशत हो ।

अहिलेसम्म न्युयोर्क राज्यमा ३० हजार ८ सय १ मा कोरोना संक्रमण पुष्टी भएको छ । न्युयोर्कमा २८५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क सिटीमामात्र १७ हजार ८ सय ५६ मा संक्रमण पुष्टी भएको छ । न्युयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com