टेक्सासमा ११०६ संक्रमित, डलासमा २४७, कुन काउन्टीमा कति ?


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

टेक्सासमा ११०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको छ ।

टेक्सासको बेक्सारमा ६९ जना, बेलमा १८ जना, ब्राजोरियामा २८ जनामा संक्रमण भएको छ । त्यस्तै कोलिनमा ५३ जना र डलासमा २४७ जनामा संक्रमण भएको छ ।

डेन्टनमा ५१ जना, एला पासोमा १२ जना, फोर्ट बेण्डमा ४६ जना, ग्याल्भेस्टनमा २१ जनामा संक्रमण भएको छ । त्यस्तै ह्यारिसमा १३४ जना, लबकमा १४ जना, म्याकलेननमा २३ जनामा संक्रमण भएको छ ।

मोन्टगोमरीमा २३ जना, ट्यारेन्टमा ७१ जना र ट्राभिसमा ९८ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै विलियम्सनमा २२ जनामा संक्रमण पुष्टी भएको छ ।

अन्य काउन्टीमा संक्रमितको संख्या १० भन्दा कम रहेको छ । सेन्ट्रल टेक्सासमामात्र १३९ जनामा संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com