कैलालीमा अनिश्चितकालीन कर्फ्यु जारी


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ ।

त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् । निषेधाज्ञा अवधिमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । कैलालीमा गाडी चल्न पनि दिइएको छैन । कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com