वीरगञ्जका व्यापारीमा कोरोना संक्रमण पुष्टिपछि जोखिममा परिवारदेखि गण्डक अस्पतालहुँदै पटना अस्पतालसम्म


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

पर्साको वीरगञ्जमा एक जना प्रतिष्ठित व्यापारीमा कोरोना संक्रमण पुष्टी भएपछि उनी संसर्गमा आएका स्थलहरुबारे चासो बढेको छ । उनीमा कहाँबाट कोरोना संक्रमण भयो भन्ने स्पष्ट छैन तर उनी बिरामी भएपछि कम्तीमा तीन स्थल जोखिममा जेखिएका छन् ।

पहिलो, उनको परिवार संक्रमणको जोखिममा रहेको छ । उनी घरमै विरामी भएपछि सुरुमा डाक्टरलाई घरमै बोलाएका थिए । ती डाक्टरले जाँच्दा कस्तो सावधानी अपनाए र फर्केपछि कोको बिरामी वा व्यक्तिसँग संसर्गमा आए भन्ने विषय समेत अहिलेसम्म अस्पष्ट रहेको छ । परिवार अहिले सेल्फ क्वारेन्टाइनमा छन् ।

दोश्रो, ती ब्यापारीलाई सुरुमा गण्डक अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उनी को को सँग संसर्गमा आए, उनलाई जाँच्ने डाक्टर र नजिक आउने नर्सहरुले कस्तो सावधानी अपनाएका थिए, ती डाक्टर र नर्सहरु अरु कति व्यक्तिसँग संसर्गमा आए भन्ने विषय पनि अहिलेसम्म अस्पष्ट नै छ ।

 

तेश्रो, त्यसपछि ती ६ दिन अघि बिरामीलाई भारतको पटनामा रहेको मेडिकल कलेजमा भर्ना गरिएको थियो । मेडिकल कलेजमा कसरी लगियो, त्यहाँ उनको संसर्गमा को को आए, सबै व्यक्ति संक्रमणको जोखिम रहनसक्ने अवस्था विद्यमान रहेको छ ।

यी सबै स्थानमा निगरानी बढाएर ती व्यापारी र ब्पापारीका परिवारसँग संसर्गमा आएका स्वास्थ्यकर्मीदेखि सर्वसाधारणसम्मलाई अनिवार्य क्वारेन्टाइनमा राख्न जरुरी छ ।

न्युयोर्कका एकजना कानुन व्यवसायीमा कोरोना संक्रमण पुष्टी भएपछि उनका कार्यालयका अन्य कर्मचारीहरु, परिवारका सदस्यहरु, उनी आवतजावत गरेका स्थलहरु, उनी प्राथना गर्न गएका धार्मिक स्थलहरु, उनका छोराछोरीहरुले पढ्ने विद्यालय र कलेजहरु सबैमा निगरानी बढाइएको थियो भने सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको थियो ।

उनी न्युयोर्कमा कोरोना संक्रमित दोश्रो व्यक्ति थिए । उनको घर रहेको वेष्टचेस्टर क्षेत्रमा झण्डै ११ सयमा कोरोना संक्रमण पुष्टी भएको छ । अधिकांश संक्रमणको सुरुवात ती वकिलबाटै भएको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com