कञ्चनपुरमा ‘कर्फ्यू’, गड्डाचौकी नाकाबाट पैदल आउन पनि निषेध


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ । कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताउनुभयो । ‘कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएको उहाले बताउनुभयो ।

प्रजिअ खतिवडाका अनुसार कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको थियो । बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com