बढी भीडभाड र जोखिम हुने १६ स्थानमा प्रहरीले  ग-यो यस्तो काम !


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले कोराना संक्रमणको जोखिम न्यूनीकरणका लागि उपत्यकाका १६ स्थानमा हात धुने व्यवस्था गरेको छ ।

विश्वमा महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि महानगरीय प्रहरीले बढी भीडभाड र जोखिम बढी हुने स्थानहरूमा सर्वसाधारणलाई हात धुन साबुनसहित पानी ट्यांकी राखेको हो ।

माछापुच्छे बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरको बढी भीडभाड हुने स्थानहरूमा पानी ट्यांकी राखिएको महानगरीय प्रहरी आयुक्त डिआईजी विश्वराज पोखरेलले बताए ।

नियमित साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग र मास्क लगाउने गरेमा पनि कोरोनाको जोखिम न्यूनीकरण गर्न सकिने विशेषज्ञको रायअनुसार साबुनपानीले हात धुने व्यवस्था गरिएको डिआईजी पोखरेलले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिआईजी पोखरेलले बढी भीडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगञ्ज चोक, शिक्षण अस्पताललगायतका स्थानमा साबुनपानीले हात धुने व्यवस्था गरिसकेको बताए ।

त्यस्तै प्रसूति गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पतालसँगै ललितपुर र भक्तपुरका बढी भीडभाड हुने स्थानहरूमा सोमबारदेखि हात धुने व्यवस्था गरिने पोखरेलले बताए । योसँगै  सार्वजनिक स्थानमा सुरक्षार्थ खटिने प्रहरीका लागि कार्यालयले मास्कसमेत वितरण गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com