अमेरिकी उपराष्ट्रपतिलाई कोरोनाभाइरस नेगेटिभ


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरस नेगेटिभ पुष्टी भएको छ । उपराष्ट्रपति र उनकी पत्नीलाई कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।

कार्यालयमा काम गर्ने एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछि उपराष्ट्रपति दम्पत्तिको पनि परीक्षण गरिएको हो ।

 

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ५ हजारमा संक्रमण पुष्टी भएको छ ।

कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १३ हजार ३ जनाको मृत्यु भएको छ ।

चीनमा आन्तरिक नयाँ संक्रमणको कुनै रिपोर्ट आएको छैन । तर विदेशबाट चीन फर्केका नयाँ संक्रमितहरु भने देखिएका छन् । नयाँ बिरामीहरुमा संक्रमण आयातित भएको चीनका अधिकारीहरुले बताएका छन् ।

इटलीमा कोरोनाको महामारी डरलाग्दो बनेको छ । अहिलेसम्म इटलीमा ५३ हजार ५ सय ७८ जना संक्रमित छन् भने ४८२५ को मृत्यु भएको छ । आजमात्रै ६ हजार ५ सय ५७ नयाँ संक्रमित थपिएका हुन् भने ७९३ को मृत्यु भएको हो ।

स्पेनमा आजमात्रै थप २८५ को मृत्यु भएको छ भने कुल मृतकको संख्या १३७८ पुगेको छ । स्पेनमा संक्रमितको संख्या २५ हजार ४ सय ९६ पुगेको छ ।

अमेरिकाले संक्रमित संख्यामा जर्मनी र इरानलाई उछिनेको छ । अमेरिकामा ४ हजार ८ सय ३५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २४ हजार २ सय १८ पुगेको छ । अमेरिकामा ३०२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा संक्रमितको संख्या २२ हजार ३ सय ६४ पुगेको छ भने इरानमा २० हजार ६ सय १० पुगेको छ । जर्मनीमा मृतकको संख्या ८४ पुगेको छ भने इरानमा १५५६ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com