न्युयोर्क र लस एन्जलसमा अस्पतालमा भर्ना गर्ने अवस्था नभएकाहरुको कोरोना परीक्षण नगर्न निर्देशन


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

न्युयोर्क र लस एन्जलसमा सामान्य लक्षण देखिएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिइएको छ । यसलाई कोरोना संक्रमणका सन्दर्भमा रणनीतिक परिवर्तन भनिएको छ ।

न्युयोर्क सिटी र लस एन्जलस सिटीका डाक्टरहरुलाई कोरोना भाइरस संक्रमण देखिएको खण्डमा उपचार पद्धतीमा परिवर्तन हुने भएमामात्र कोरोना भाइरसको परीक्षण गर्न, अन्यथा नगर्न निर्देशन दिइएको छ । लस एन्जलसको जनस्वास्थ्य विभागले सामान्य स्वासप्रश्वासका समस्या भएका बिरामीको कोरोना परीक्षण नगर्न डाक्टरहरुलाई सुझाव दिएको छ ।

नयाँ निर्देशिका अनुशार लस एन्जसलमा स्वास्थ्यकर्मी, लामो समयका लागि उपचारकेन्द्रमा रहेकाहरु, उच्च जोखिममा रहेकाहरुलाई मात्र लक्षण देखिएमा परीक्षण गर्न भनिएको छ । सामान्य लक्षण देखिएका र सिकिस्त बिरामी नभएकाहरुलाई घरमै बस्न भनिएको छ ।

यसैबीच न्युयोर्क सिटीको स्वास्थ्य विभागले अस्पतालमा भर्ना गर्नुपर्ने बाहेकका अन्य बिरामीहरुको कोरोना परीक्षण तत्काल रोक्न निर्देशन दिएको छ । कोराना संक्रमणको सामान्य लक्षण देखिएको खण्डमा घरमै आराम गर्न सुझाव दिइएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण सिकिस्त बिरामी हुनेहरुको संख्या जम्मा ६४ मात्र रहेको छ । अहिलेसम्म २२ हजार १९ मा संक्रमण देखिएकोमा २८१ को मृत्यु भएको छ भने २१ हजार ५ सय २७ को अवस्था सामान्य रहेको छ ।

न्युयोर्क राज्यमा अहिलेसम्म १० हजार ३५६ मा संक्रमण पुष्टी भएको छ । जसमध्ये ५६ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com