न्युयोर्क र लस एन्जलसमा अस्पतालमा भर्ना गर्ने अवस्था नभएकाहरुको कोरोना परीक्षण नगर्न निर्देशन


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

न्युयोर्क र लस एन्जलसमा सामान्य लक्षण देखिएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिइएको छ । यसलाई कोरोना संक्रमणका सन्दर्भमा रणनीतिक परिवर्तन भनिएको छ ।

न्युयोर्क सिटी र लस एन्जलस सिटीका डाक्टरहरुलाई कोरोना भाइरस संक्रमण देखिएको खण्डमा उपचार पद्धतीमा परिवर्तन हुने भएमामात्र कोरोना भाइरसको परीक्षण गर्न, अन्यथा नगर्न निर्देशन दिइएको छ । लस एन्जलसको जनस्वास्थ्य विभागले सामान्य स्वासप्रश्वासका समस्या भएका बिरामीको कोरोना परीक्षण नगर्न डाक्टरहरुलाई सुझाव दिएको छ ।

नयाँ निर्देशिका अनुशार लस एन्जसलमा स्वास्थ्यकर्मी, लामो समयका लागि उपचारकेन्द्रमा रहेकाहरु, उच्च जोखिममा रहेकाहरुलाई मात्र लक्षण देखिएमा परीक्षण गर्न भनिएको छ । सामान्य लक्षण देखिएका र सिकिस्त बिरामी नभएकाहरुलाई घरमै बस्न भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच न्युयोर्क सिटीको स्वास्थ्य विभागले अस्पतालमा भर्ना गर्नुपर्ने बाहेकका अन्य बिरामीहरुको कोरोना परीक्षण तत्काल रोक्न निर्देशन दिएको छ । कोराना संक्रमणको सामान्य लक्षण देखिएको खण्डमा घरमै आराम गर्न सुझाव दिइएको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण सिकिस्त बिरामी हुनेहरुको संख्या जम्मा ६४ मात्र रहेको छ । अहिलेसम्म २२ हजार १९ मा संक्रमण देखिएकोमा २८१ को मृत्यु भएको छ भने २१ हजार ५ सय २७ को अवस्था सामान्य रहेको छ ।

न्युयोर्क राज्यमा अहिलेसम्म १० हजार ३५६ मा संक्रमण पुष्टी भएको छ । जसमध्ये ५६ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com