आइतबार बेलुकादेखि न्युयोर्क राज्य ‘ठप्प’


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

न्युयोर्क राज्यमा सबै अत्यावश्यकबाहेकका व्यापार बन्द गरिने भएको छ । अत्यावश्यकबाहेकका अन्य व्यापारमा काम गर्ने कामदारहरुलाई घरमै बस्न आदेश दिएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले पत्रकारसम्मेलनमार्फत यसको जानकारी दिएका छन् । आजै कुमोले यसबारे कार्यकारी आदेश जारी गर्ने भएका छन् । यो आदेश आइतबार बेलुकादेखि कार्यान्वयनमा आउने भएको छ ।

न्युयोर्क राज्यमा पज आदेश जारी गर्न लागिएको कुमोले बताएका छन् । बन्द गर्न अटेर गर्ने ब्यापारलाई जरिवाना र कानुनी कारवाही गरिने भएको छ ।

यसबारेमा कानुनी प्रावधानहरु जारी गर्न लागिएको कुमोले बताएका छन् । यो सुझाव वा आब्हान नभएर आदेश हुने जनाइएको छ ।

यसअगाडि क्यालिफोर्नियामा सबैलाइै घरमा बस्न आदेश दिइसकिएको छ ।

सुपरमार्केट, ग्रोसरी स्टोर, बिग बक्स स्टोर, फार्मेसी, कन्भिनेन्स स्टोर, फोहोर संकलन, हेल्थकेयर, डेकेयर सेन्टर, हार्डवेयर स्टोर, ग्यास स्टेशन, गाडी मर्मत केन्द्रहरु, बैंक, हुलाक, लण्ड्री, पशु अस्पताल र क्लिनिकहरु अत्यावश्यकमा पर्छन् ।

रेष्टुरेण्ट र बारहरु, सिनेमाघर, मनोरञ्जनस्थल, जिम, शैलुन र स्पा, म्युजियम, क्यासिनो, सपिंग मल, खेलकुद र कन्सर्टस्थल अत्वाश्यक वाहेकका व्यापारमा पर्छन् ।

तर न्युयोर्क राज्यले यसबारे कार्यकारी आदेशमा थप स्पष्ट पार्नेछ ।

गभर्नर कुमोले यसबाट धेरै व्यक्ति बेखुशी हुने र त्यसको जिम्मेबारी तथा दोष लिन आफू तयार रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com