न्युयोर्कका घरधनीलाई ९० दिन मोर्गेज राहत


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क राज्यभर ९० दिनका लागि मोर्गेज राहत घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमणका बेलामा न्युयोर्क राज्यका बासिन्दालाई आर्थिक कठिनायीबाट राहत दिलाउन यस्तो घोषणा गरिएको हो ।

न्युयोर्क राज्यभरका घरमालिकहरुले आगामी ९० दिनसम्म मोर्गेज नतिरेपनि कुनै अप्ठ्यारो हुनेछैन । आर्थिक समस्याका कारण मोर्गेज तिर्न नपर्ने सुविधादेखि मोर्गेज नतिर्दा क्रेडिट ब्यूरोलाई कुनै नकारात्मक रिपोर्ट नगर्नेसम्मको प्याकेज कुमोले घोषणा गरेका छन् ।

यो अवधिमा कुनै बिलम्ब शुल्क पनि लिइनेछैन । अनलाइन तिर्दा लिइने शुल्क पनि नलिइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिलामीमा परेका घरहरु पनि तत्काल लिलामी नगरिने भएको छ । या त त्यस्तो लिलामी खारेज गरिने भएको छ या त पछि सारिने भएको छ ।

यसैबीच न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क सिटीका लागि तत्काल क्वारेन्टाइनको कुनै योजना नरहेको बताएका छन् । न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले न्युयोर्क सिटी लकडाउन हुनसक्ने बताइरहदा गभर्नर कुमोले भने तत्काल त्यस्तो सम्भावना नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com