निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको प्याकेज दुबै सदनबाट पारित


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेज अमेरिकाका दुबै सदनबाट पारित भएको छ । कोरोना भाइरसको संक्रमणबारेको यो राहत प्याकेज गत शनिबार अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको थियो । सोमबार हाउसले यसमा केही परिवर्तन गरेको थियो । प्याकेजमा कोरोना प्रभावित अमेरिकनलाई तलबी विदा दिने र निशुल्क कोरोना परीक्षण गर्ने विषय समावेश गरिएको छ । बिजनेशहरुलाई खर्च कभर गर्नका लागि ट्याक्स क्रेडिट दिइने भएको छ ।

यो कामदारहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएमा वा परिवारका सदस्यको हेरचाह गर्नुपर्ने भएमा तीनमहिनाको तलबी विदा लिनसक्नेछन् । यो प्योकजले वेरोजगारी सहायता पनि प्रदान गर्नेछ । अप्रिल १ देखि कामको मापदण्ड पूरा नगरेकाहरुले फुड स्ट्याम्प नपाउने नियम लागु हुन लागेकोमा उक्त नियम पनि लागु नहुने भएको छ ।

दुईदलीय समर्थन रहेको उक्त प्याकेजमा सिनेटमा ९० जनाले पक्षमा मतदान गरेका छन् भने ८ जनाले विपक्षमा मतदान गरेका छन् । हाउसमा बिलमा पक्षमा ३६३ मत खसेको थियो भने ४० जना रिपब्लिकनहले बिलको विपक्षमा मतदान गरेका थिए ।

एचआर ६२०१ नामको यो प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन् । यो बिलले कोरोनाभाइरस परीक्षणमा आफ्नो निर्देशिकालाई अनुशरण गर्ने र प्रभावित अमेरिकन कामदारलाई तलबी विदाको सुविधा दिने ट्रम्पले बताएका छन् । उनले आजै यसमा हस्ताक्षर गर्ने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com