अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण सोमबारबाट


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण सोमबारबाट गरिने भएको छ । कोरोना भाइरसबिरुद्ध तयार पारिएको भ्याक्सिनको क्लीनिकल परीक्षण गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेशनल इन्स्टीच्युट अफ हेल्थले उक्त परीक्षणका लागि रकम उपलब्ध गराएको जनाइएको छ । यो परीक्षण वासिंटन राज्यको शियाटलमा रहेको केशर पर्मानेन्टे वासिंटन हेल्थ रिसर्च इन्स्टीच्युटमा हुने भएको छ ।

भ्याक्सिन पूर्णरुपमा तयार हुन भने १ बर्षदेखि १८ महिनासम्म लाग्ने जनाइएको छ । ४५ जना जवानहरुमा परीक्षण गरिने तथा सहभागीहरुमा भाइरस संक्रमणको कुनै जोखिम नभएको जनाइएको छ । परीक्षणको लक्ष्य भ्याक्सिनले कुनै मुख्य साइड इफेक्ट नगर्ने कुरा प्रमाणित गर्नुमात्र रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म अमेरिकामा ३७७३ मा कोरोना संक्रमण पुष्टी भएको छ । आजैमात्र अमेरिकामा थप ८३० जनामा संक्रमण पुष्टी भएको हो ।

अहिलेसम्म अमेरिकामा ६९ जनाको मृत्यु भएको छ भने आजमात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित वासिंटन राज्य, क्यालिफोर्निया र न्युयोर्क रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com