न्युजर्सीमा नक्कली सेनिटाइजर बिक्रि, ४ बच्चाको छाला जलेपछि स्टोरका मालिक पक्राउ
प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

न्युजर्सीमा नक्कली सेनिटाइजर बेच्ने सेभेन इलाभेलन स्टोरकी मालिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सेनिटाइजरमा मिसावट गरेको र बेचेको लगायतका कैयन अभियोगहरु लगाइएका छन् ।
स्टोरबाट किनेर लगेको सेनिटाइजर प्रयोग गर्दा ४ जना बच्चाको छालामा जलन भएको थियो । मनिषा भाराडे नामकी स्टोर संचालकलाई बालबालिकाको अधिकार जोखिममा पारेको अभियोग समेत लगाइएको छ ।
उनीमाथि न्युजर्सीको रिभल भेलमा रहेको स्टोरमा गुलावी झोल बेचेको आरोप छ । उक्त मिसावट गरिएको झोलका कारण चारजना बच्चाहरुमा रासायनिक जलन भएको थियो । उनीहरुका पाखुरा र खुट्टामा घाउ भएको जनाइएको छ ।
विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित
बच्चाकी आमालाई अरुलाई सचेत बनाउनका लागि तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । अमेरिकामा कोरोना भाइरसको त्रासका कारण सेनिटाइजरको अभाव भएको छ ।
कैयन स्टोरहरुले क्यानडाबाट आयात गरिएको भन्दै नयाँ ब्राण्डका सेनिटाइजरहरु मँहगो मूल्यमा बेचिरहेका छन् । यसैबीच न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कले जेलमा रहेकाहरुको श्रमबाट आफ्नै सेनिटाइजर उत्पादन गर्ने घोषणा गरेका छन् ।
कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन