१४ जनामा कोरोना संक्रमणपछि अमेरिकाको ओरेगनमा पनि संकटकाल


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

अमेरिकाको ओरेगन राज्यमा १४ जनामा कोरोना भाइरस संक्रमणपछि संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसका थप ७ नयाँ केसहरु पुष्टी भएपछि गभर्नर केट ब्राउनले संकटकालको घोषणा गरेका हुन् । संकटकालको घोषणापछि अब राज्यलाई आपतकालिन कोष परिचालनमा बाटो खुलेको छ ।

अमेरिकाका अहिलेसम्म कोरोना संक्रमितको संख्या ४७० पुगेको छ । अहिलेसम्म अमेरिकामा ३२ वटा राज्यमा संक्रमण फैलिएको छ भने १९ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट सबैभन्दा धेरै न्युयोर्क, वासिंटन राज्य र क्यालिफोर्नियामा संक्रमित भएका छन् ।

अहिलेसम्म वासिंटन राज्यमा १०५ जना संक्रमित भएका छन् । न्युयोर्कमा पनि संक्रमितको संख्या १०५ नै रहेको छ । क्यालिफोर्नियामा संक्रमित ८२ मध्ये एकजनाको ज्यान गएको छ ।

न्युयोर्क राज्यमा १०५ मध्ये न्युयोर्कको वेस्टचेस्टर काउन्टीमा ८२ जनामा संक्रमण भएको छ भने न्युयोर्क सिटीमामात्र १२ जनामा संक्रमण भएको छ । त्यस्तै रकल्याण्ड काउन्टीमा २, नासु काउन्टीमा ५ , सारागोटा काउन्टीमा २ जना, सफल्कमा १ र उल्स्टेरमा १ जनामा संक्रमण भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गभर्नर कुमोले न्युयोर्कमा कोरोनाको परीक्षण आक्रमक रुपमा गरिरहेको जानकारीदिएका छन् । उनले सावधानी अपनाउन तर नडराउन भनेका छन् ।

उनले न्युयोर्कबासीहरुलाई कोरोना संक्रमणबाट बच्न ४ वटा सुझावहरु दिएका छन् । २० सेकेण्डभन्दा बढी हात धुन, हात नमिलाउन, बिरामी भएमा घरमै बस्न, खोक्दा वा हाछ्यु गर्दा टिस्यु वा कुहिनोमा गर्न गभर्नर कुमोले सुझाव दिएका छन् ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हिजो राज्य संकटकालको घोषणा गरिएको थियो । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्य संकटकालको घोषणा गरेका थिए ।

संकटकालको घोषणा गरेपछि कोरोनाबिरुद्ध लड्न अझ धेरै जनशक्ति काममा लगाउन सकिने भएकाले संकटकाल घोषणा गरेको कुमोले जनाएका छन् । तनावमा रहेका स्थानीय स्वास्थ्य विभागलाई सहयोगका लागि संकटलिन अवस्थाको घोषणा गरेपछि राज्यलाई थप शक्ति मिलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com