न्युयोर्कमा क्वीन्समा बस्ने ट्याक्सी ड्राइभरलाई कोरोना संक्रमण, हिडेरै पुगे अस्पताल


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

न्युयोर्कको क्वीन्समा बस्ने एकजना ट्याक्सी ड्राइभरलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । उनी हिडेरै चेकअपका लागि अस्पताल गएका थिए ।

मंगलबार सेन्ट जोन्स अस्पतालमा वाक इन उपचार गराउन गएका उनमा कोरोना संक्रमण पुष्टी भएको छ । उनले एप्लीकेशनमार्फत ट्याक्सी चलाउँदै आएको जनाइएको छ । तर कुन एप्लीकेशन भन्ने खुलाइएको छैन ।

ती ड्राइभर खुल्लमखुल्ला हिडेर अस्पताल पुगेपछि उक्त अस्पतालका ४० जना डाक्टर र नर्सहरुलाई सेल्फ क्यारेन्टाइनमा पठाइएको छ । उक्त व्यक्तिलाई अहिले अस्पतालमा नै आइसोलेसनमा राखिएको छ ।

उनको गाडीमा चढेका अरुलाई पनि कोराना संक्रमण हुनसक्ने आंशका गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच  न्युयोर्कमा राज्य संकटकालको घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्य संकटकालको घोषणा गरेका हुन् ।

संकटकालको घोषणा गरेपछि कोरोनाबिरुद्ध लड्न अझ धेरै जनशक्ति काममा लगाउन सकिने भएकाले संकटकाल घोषणा गरेको कुमोले जनाएका छन् । तनावमा रहेका स्थानीय स्वास्थ्य विभागलाई सहयोगका लागि संकटलिन अवस्थाको घोषणा गरेपछि राज्यलाई थप शक्ति मिलेको छ ।

 

 

अमेरिकामा कम्तीमा १५ जनाको सफल उपचार भइसकेको छ । जसमा ६ जना क्यालिफोर्नियाका, नेब्रास्कामा ४, इलिनोयमा २, वासिंटनमा १ जना, एरिजोनामा एकजना र विसकन्सिनमा एकजना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com