डेलीमेल : साढे ९ करोडमा कोरोना संक्रमण र ५ लाखको मृत्युका लागि अमेरिकी अस्पतालको तयारी


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

बेलायतबाट प्रकाशित हुने डेलीमेलले अमेरिकी अस्पतालहरुले अमेरिकामा ९६ मिलियन व्यक्ति कोरोना संक्रमित हुनसक्ने र ४ लाख ६० हजारको मृत्यु हुनसक्ने अनुमान सहित तयारी गरेको दावी गरेको छ । डेलीमेलले यसबारेमा आफूहरुले गोप्य डकुमेन्ट फेला पारेको दावी गरेको छ ।

डेलीमेलमा प्रकाशित समाचार यस्तो छ ।

अमेरिकन अस्पताल एसोसिएसनले आयोजना गरेको एउटा प्रिजेन्टेसनमा कोरोना संक्रमणबाट अमेरिकामा ४ लाख ८० हजारको ज्यान जानसक्ने अनुमान पेश गरिएको थियो । युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरका प्रोफेसर डाक्टर जेमस ललेरले अस्पतालहरु र स्वास्थ्यकर्मीहरु समक्ष उक्त अनुमान पेश गरेका थिए । कोरोनाको संक्रमणबिरुद्ध तयारी गर्न स्वास्थ्यकर्मीहरुले जान्नुपर्ने कुराहरु विषयक कार्यक्रममा यो अनुमान पेश गरिएको हो ।

उक्त डकुमेन्टमा पहिले नै स्वास्थ्य अवस्था नराम्रो भएकाहरु र ८० कटेकाहरु कोरोनाको संक्रमणबाट ज्यान गुमाउने उच्च जोखिममा रहेको बताइएको छ । नेब्रास्का मेडिसिनका प्रवक्ताले भने डाक्टर ललेरले पेश गरेको अनुमानले ती डाक्टरको धारणामात्र प्रतिनिधित्व गर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि हार्भड विश्वविद्यालयका प्रोफेसर मार्क लिपसिचले अर्कोबर्षभित्र कोरोना भाइरसबाट विश्वको ७० प्रतिशत जनसंख्या संक्रमित हुने बताएका थिए ।

अमेरिकामा फ्लुबाट हरेकबर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ । यसबर्षको फ्लु सिजनमामात्र अमेरिकामा १६ हजार भन्दा धेरैको ज्यान गएको छ भने २ लाख ८० हजार अस्पतालमा नै भर्ना भएका छन् । तर यो सिजनमा मात्र अमेरिकामा फ्लुबाट संक्रमित हुनेहरु भने झण्डै ३ करोड रहेका छन् ।

गत बर्षको फ्लु सिजनमा अमेरिकामा ४ लाख ९० हजार ६ सय व्यक्ति अस्पतालमा भर्ना भएका थिए भने ३४ हजार २ सयको मृत्यु भएको थियो । अमेरिकामा बर्षेनी फैलिने फ्लुयन्जाको तुलनामा कोरोना संक्रमण अझ बढी हुने अनुमान गरिएको हो ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ सय ९५ रहेको छ । कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com