४ सयबढीको परीक्षण : कसैमा कोरोना संक्रमण छैन


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ । सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेका अनुसार कोरोना भाइरस बाट नागरीकहरु सचेत रहनु पर्ने भएता पनि आत्तीइ हाल्नुपर्ने अबस्था भने नरहेको बताउनु भएको छ ।

नेपालमा कोरोना संक्रमणको आशंकामा ४ सय ३७ जनाको परीक्षण गर्दा चीनको उहानबाट नेपाल आएका एकजना विद्यार्थीबाहेक अरु कसैलाई संक्रमण नभेटिएको र ती एकजना पनि उपचारबाट स्वस्थ भइ घर फर्किसकको डाक्टर पाण्डेले बताउनुभयो । कोरोना भाइरसले ७०–८० बर्ष पुगेका जेष्ठ नागरिकहरु र दिर्घ रोगीहरुमा छिटो असर गर्ने हँुदा उनीहरुलाई बढी हेरबिचार गर्नुपर्ने बताउनु भयो । कोरोना भाइरस मानिसदेखि मानिसमा सर्ने भाईरस हो ।

अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको पछि  आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राखिएको मात्र थियो । आइसोलेशनमा राख्ने वित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह समेत गरेका छन् ।

नेपाल चिकित्सक संघले सामाजिक संजालमा आएका कति कुरा अस्पष्ट र अतिरञ्जित हुनसक्ने हुँदा नागरिकमा कोरोना सम्वन्धी तथ्यसत्य कुरा सहितको सचेतना दिन र कोरोना भाइरसको उपचार र चेकजाँच गर्ने चिकित्सकहरुको सुरक्षार्थ सरकार लाग्नुपर्ने सुझाव समेत दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com