कोेरोनाबिरुद्ध लड्न ट्रम्पले गरे ८ दशमलव ३ बिलियन डलरको बिलमा हस्ताक्षर


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

कोेरोनाको महामारीबिरुद्ध लड्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ दशमलव ३ बिलियन डलर (नेपाली रुपैया झण्डै साढे ८ खर्ब) को बिलमा हस्ताक्षर गरेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएपछि ट्रम्पले यस्तो बिलमा हस्ताक्षर गरेका हुन् ।

न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ३५ पुगेको छ । अधिकांश संक्रमितहरु वेस्टचेस्टर काउन्टीका रहेका छन् भने अधिकांश कोरोना संक्रमित वकिलको केससँग सम्बन्धित छन् ।

न्युयोर्कको वेस्टचेस्टरमा बस्ने र म्यानहटनमा काम गर्ने एकजना वकिलमा कोरोना संक्रमण भएको पाइएपछि उनका परिवार, छिमेकी लगायतमा कोरोना संक्रमण पुष्टी भएको थियो । अहिलेसम्म न्युयोर्क सिटीभित्र २७ सय र वेष्टचेस्टरमा १ हजार जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।

न्युयोर्क सिटीका ९ जनासहित न्युयोर्क राज्यभरका ४४ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।

 

अहिलेसम्म न्युयोर्कमा संक्रमितमध्ये ४ जना न्युयोर्क सिटीका, १ जना लंग आइल्याण्डका र बाँकी सबै वेष्टचेस्टर काउन्टीका रहेको जनाइएको छ ।

न्युजर्सीमा २ जनामा संक्रमण पुष्टी भइसकेको छ भने पेन्सिलभेनियामा पनि २ जनामा संक्रमण भएको छ । मासाचुसेट्समा ८ र मेरिल्याण्डमा ३ जनामा संक्रमण भएको छ ।

नर्थ क्यारोलिनामा २, टेनेसीमा १, जर्जियामा ३, फ्लोरिडामा ४, इन्डियानामा १, इलिनोयमा ५ र विसकन्सिमा १ जनामा संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा बाहिर संक्रमित भएर उद्दर गरेर ल्याइएका ११ जनासहित कुल १७ मा संक्रमण भएको छ । त्यस्तै नेब्रास्कामा १३, कोलोराडोमा २, युटाहमा १, एरिजोनामा ३, नेभाडामा २ र ओरेगनमा ३ जनामा संक्रमण भएको छ ।

वासिंटन राज्यमा ७४ मा संक्रमण भएकोमा १३ जनाको मृत्यु भएको छ भने क्यालिफोर्नियामा ७४ मा संक्रमण भएकोमा १ जनाको मृत्यु भएको छ ।

अमेरिकामा २४ घण्टाको अवधिमा एकैदनिमा ४६ वटा नयाँ संक्रमण पुष्टी भएको हो । अहिलेम्म अमेरिकामा २६७ मा संक्रमण भएको जनाइएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । अहिलेसम्म १ लाख १ हजार ८ सय ५८ मा सक्रमण भएको छ भने ३४६२ को मृत्यु भएको छ । ५६ हजार १ सय ८ जनाको भने सफल उपचार गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com