टेक्सासमा पसलभित्र पसेर आइसक्रिम चाटेपछि फिर्ता राख्नेलाई जेल र जरिवाना


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

टेक्सासमा पसलभित्र पसेर आइसक्रिम चाटेपछि फिर्ता राख्नेलाई जेल र जरिवानाको सजाय सुनाइएको छ । टेक्सासको पोर्ट आर्थरमा बस्दै आएका एड्रिन लाक्वीन एण्डरसन नामका ती व्यक्तिले एउटा स्टोरमा छिरेर ब्लुबेल आइसक्रिम चाटेपछि फ्रिज भित्रै राखेका थिए, जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनलाई अदालतले ३० दिनको जेल सजाय र २५ सय ६५ डलर जरिवानाको सजाय सुनाएको छ । उनले अदालतसमक्ष आफूले गल्ती गरेको स्वीकार गरेका थिए । २४ बर्षका ती युवाले चर्चित हुने आशामा आफूलेमात्र त्यसो गरेको बताएका छन् ।

खाद्य पदार्थसँग छेडछाडलाई अमेरिकामा कानुनी अपराध मानिन्छ । एकजना १६ बर्षभन्दा कम उमेरकी केटीले यस्तै गरेको भिडियो सार्वजनिक भए लगत्तै यी व्यक्तिले पनि त्यसको नक्कल गरेर भिडियो बनाएका थिए ।

त्यस्तै लुजियानाको ३६ बर्षको एकजनालाई पनि यस्तै भिडियो बनाएपछि पक्राउ गरिएको थियो । यसरी स्टोरमा रहेको आइसक्रिम चाटेपछि आइसक्रिमका अरु बट्टाहरु पनि हटाउनु परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com