नेपालमा कोरोना भाइरस इरानमा जस्तो भयो भने के गर्ने : सांसद गगन थापा


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरस इरानमा जस्तै गरी नेपालमा पनि फैलिए के गर्ने भन्दै संसदमा प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा विभिन्न देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्थामा नेपाल संक्रमणदेखि बाहिर रहनु सुखद् भए पनि इरानकाे जस्ताे अवस्था बेहोर्नु परे के होला भन्दै प्रश्न उठाउनुभएको छ । अन्य देशमा सांसद, मन्त्रीहरुसम्मलाई संक्रमण भएको स्मरण गराउँदै उहाँले भन्नुभयाे, ‘अहिले हामी कामना गरेर बस्ने कि यो समयको सदुपयोग गर्ने ?’

विश्व स्वास्थ्य संगठनले समेत जोखिमको देशहरुको सुचीमा नेपाललाइ पनि राखिएको कुरा स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘नेपाललाई देशको भुअवस्थितिको कारण मात्र जोखिममा राखिएको होइन । हाम्रो आफ्नो क्षमताको कारण सीमामा चेकजाँच गर्ने हाम्रो क्षमता, सिंगो स्वास्थ्य प्रणालीको क्षमता, यी सबै कुराका कारण पनि नेपाल उच्च जोखिममा रहेको हाे ।’

उहाँले कोरोनाभाइरसलाई नेपाल आउनै नदिन र फैलन नदिनको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । यो एउटा स्वास्थ्य मन्त्रालयको कुरा मात्र नभएको भन्दै उहाँले सरकारको मात्र नभई सबैले यस अवस्थामा जिम्मेवारपूर्ण ढंगले सोच्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरी २० देखी २७ सम्ममा मात्र इटाली, जापान, कोरिया र चीनसम्मको गरी १३७८ जना नागरिक नेपाल प्रवेश गरेको र तिनीहरु कहाँ छन् भन्ने ट्याकिङ नभएको उहाँकाे भनाइ थियाे ।

बाहिरबाट नेपाल आउने काे नेपाली नागरिक वा गैरनेपाली नागरिक हुन्, कुन देशलाई पूर्ण रुपमा रोक्ने, कुन देशबाट प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने, कुन देशबाट आउने मान्छेलाई निरन्तर ट्याकिङ गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com