अमेरिकामा एकजना कैदीलाई घातक सुई लगाएर मृत्युदण्ड


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

अमेरिकाको अलाबामा रहेका एकजना कैदीलाई आज मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले उनको मुद्दाको समीक्षा गर्न अस्वीकार गरेपछि नथानियल वुडलाई बिहीबार राती मृत्युदण्ड दिइएको छ ।

सन् २००४ मा ब्रिमिंघममा तीनजना प्रहरी अधिकारीलाई गोली हानेको आरोप पुष्टी भएपछि मृत्युदण्ड दिइएको हो । उनलाई स्थानीय समय अनुशार बेलुका ६ बजे घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइएको हो । होलम्यान जेलमा मृत्युदण्ड दिइएको जनाइएको छ ।

अमेरिकामा यो बर्षको यो नै पहिलो मृत्युदण्ड हो । उनलाई मृत्युदण्ड हुनबाट रोक्न उनका परिवार र अधिकारकर्मीहरुले विभिन्न अभियानहरु चलाएका थिए । तर उनीहरुको त्यस्तो आग्रह अस्वीकार गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्युदण्ड पाउने व्यक्ति ४४ बर्षको रहेको जनाइएको छ । अर्का अभियुक्त केरी स्पेन्सरले आफूले प्रहरीमाथि गोली चलाएको तर नथानियल निर्दोश रहेको बताएका थिए । उनले पनि मृत्युदण्डको सजाय पाइसकेका छन् तर मृत्युदण्ड दिइसकिएको छैन ।

अमेरिकामा सन् २०१९ मा २२ जनालाई मृत्युदण्ड दिइएको थियो जसमध्ये २० जनालाई घातक सुई लगाएर र २ जनालाई करेन्ट लगाएर मारिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com