अमेरिकाको क्यालिफोर्नियामा सङ्कटकाल घोषणा


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको बिबिसीमा जनाइएको छ ।

अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् । तीनहजार १ सयबढीको मृत्यु भइसकेको छ ।कोरोना फैलिएका विश्वका अन्य मुलुकले पनि सतर्कता अपनाउन थालेका छन्।

कोरोना संक्रमणका कारण १०७ जनाको ज्यान गइसकेको इटालीमा आज (शुक्रबार) देखि आगामी १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको छ भने ‘इटालियन सिरी ए’ फुटबलसहित सबै व्यवसायिक खेलहरुलाई एक महिनाका लागि स्थगित गरिएको छ। त्यस्तै फ्रान्स,चीन, हङ्गकङ्ग, जापान, इराक लगायतका देशले कोरोना संक्रमण फैलन नदिन पठनपाठन बन्द गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com