कोरोनाबाट बचौँ र बचाऔँ : हात नमिलाउन


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

नोबेल कोरोना भाइरस कोभिड–१९ बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् ।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् । अहिलेसम्ममा चीनमा ८० हजार ३०४ मा सङ्क्रमण देखिएको, दुई हजार ९४६ को ज्यान गएको छ भने चीन बाहिर ७२ देशमा गरी १० हजार ५६६ मा सङ्क्रमण देखिएको र १६६ को ज्यान गएको डा सुरेश मेहताले जानकारी दिनुभयो ।

यो सङ्क्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र दुई प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छन् । यो भाइरसका कारण मृत्यु हुने मानिस प्रायः वृद्ध, दम रोग भएको, मिर्गौला रोगी र मधुमेह रोगीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको डा मेहताले बताउनुभयो ।

यो भाइरसबाट बच्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । यसका लागि जनस्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ भने प्राविधिक समितिलाई आवश्यक सल्लाह एवं सुझाव दिन र तयारी अवस्थालाई प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौँका निर्देशक भोजराज डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले आवश्यक निर्देशन एवं परामर्श दिइरहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलीले साबुन पानीले मिचिमिची ३० सेकेण्डसम्म हात धोएमा यसबाट बच्न सकिन्छ र बाहिर हिँड्दा नाक मुख छोप्ने मास्क लगाउनुपर्ने, भिडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, जङ्गली तथा घरपालुवा पशुपक्षीबाट टाढा रहने सुझाव दिएका छन् ।कोरोनाको सङ्क्रमण देखिको मानिसको उपचारका लागि प्रदेश नं १ मा कोशी अस्पताल विराटनगरमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०, विराट अस्पतालमा १२ र नोबेल अस्पतालमा एक श्यया व्यवस्था गरी उपचार गर्ने प्रबन्ध मिलाइएको छ ।

अहिलेसम्म प्रदेशमा यो भाइरसको रोगी नदेखिए पनि सङ्क्रमण हुने उच्च जोखिम रहेकाले यस्तो प्रबन्ध मिलाइएको मन्त्रालयले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यो लक्षण देखिएमा सामाजिक विकास मन्त्रालयले कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगर, बिएण्डबी अस्पताल बिर्तामोड र मेची अस्पताल भद्रपुरमा ‘आइसोलेशन बेड’ तयार पारी उपचार गर्ने उपचार गर्ने प्रबन्ध मिलाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको बारेमा अनावश्यक त्रास फैलिन नदिन यसबारेमा सबैले बुझ्नु आवश्यक रहेको बताउनुभयो । यसबाट बच्न आम नागरिकमा जनजागरण एवं सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश नं १ को नाकामा ‘हेल्प डेस्क’ राखिएको जानकारी दिनुभयो ।उहाँले इलामको पशुपति नगर, झापाको काँकडभिट्टा, भद्रपुर र मोरङको रानीमा हेल्पडेस्क राखिएकाले विदेशीको स्वास्थ्य परीक्षण हुने भन्दै कोरोना भाइरसबाट जोगिन सावधान रहनु पर्ने कुरामा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com