अमेरिकामा कोरोना संक्रमितको संख्या एकसय, क्यानडामा २७


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

अमेरिकाको वासिंटन राज्यमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म अमेरिकामा १०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । ९ जनाको भने सफल उपचार गरिएको छ ।

न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । ३५ बर्ष काटेकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । उनमा ईरान भ्रमणको क्रममा संक्रमण भएको जनाईएको छ । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ ।

त्यस्तै क्यानडामा कम्तीमा २७ जनामा संक्रमण पुष्टी भएको छ । क्यानडामा ओन्टारियोमा १८, ब्रिटिस कोलम्बियामा ८ र क्युबेकमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म विश्वभर ९० हजार ३ सय ६ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ । संक्रमित ४५ हजार ७ सय ५ को सफल उपचार गरिएको छ ।

दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने संक्रमितको संख्या ४३३५ पुगेको छ । इटलीमा ५५ जनाको ज्यान गएको छ भने इरानमा ६६ जनाको ज्यान गएको छ । इटलीमा २०३६ जनामा संक्रमण पुष्टी भएको छ भने इरानमा संक्रमितको संख्या १५०१ पुगेको छ ।

जापानमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २७४ मा संक्रमण भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७ जनाको मृत्यु भइसकेको छ भने ३६ जनाको अवस्था गम्भिर रहेको छ । त्यहाँ ७०५ मा संक्रमण पुष्टी भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com