प्रथम महिला मेलानिया ट्रम्पले अग्नीनियन्त्रकलाई चुम्बन गरेको तस्वीर पुन: सार्वजनिक


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अग्नीनियन्त्रकलाई चुम्बन गरेको तस्वीर न्युयोर्क म्यागाजिनले प्रकाशित गरेको छ । उक्त तस्वीर सन् २००२ मा खिचिएको र त्यतीबेला मेलानिया ट्रम्पको नाम मेलानिया नस रहेको थियो, जसलाई न्युयोर्क म्यागाजिनले भ्यालेन्टाइन्स डेको कभरका लागि फोटोसेसन गराएको थियो ।

सेप्टेम्बर ११ को हमलाको केही महिनापछि उक्त तस्वीर खिचिएको थियो । सेप्टेम्बर ११ को हमलापछि अग्नीनियन्त्रकहरुप्रति सबैको ध्यान केन्द्रीत रहेको थियो । अग्नीनियन्त्रकप्रति माया व्यक्त गर्ने उद्देश्यले न्युयोर्क म्यागाजिनले यस्तो फोटोसेसन गराएको थियो ।

फोटोमा महिलाका लागि मोडल मेलानिया ट्रम्पको प्रयोग गरिएपनि पुरुष भने वास्तविक अग्नीनियन्त्रक नै थिए , जसको नाम डानियल केन थियो । उनले पार्टटाइम मोडलका रुपमा समेत काम गर्थे । तर मेलानियालाई भने न्युयोर्क म्यागाजिनले एजेन्सीबाटै भाडामा ल्याएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क म्यागाजिनले ती मोडललाई बिर्सिसकेको थियो । किनभने उनी त्यतीबेला डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइनन् भने खासै चर्चामा पनि थिइनन् । त्यतीेबेला आफूहरु भविश्यकी अमेरिकाकी प्रथम महिलासँग काम गरेको कुरा नसोंचेको पत्रकार म्याट हावरले आफ्नो पोष्टमा उल्लेख गरेका छन् ।

यो तस्वीर सन् १९४५ मा टाइम्स स्क्वायरमा खिचिएको यो तस्वीरबाट प्रभावित थियो ।

गत हप्ता पत्रकार हावरले उक्त तस्वीरमा रहेका मोडल तथा अग्नीनियन्त्रक केनलाई सम्पर्क गरेका थिए जो न्युयोर्क फायर डिपार्टमेन्टका बटालियन प्रमुख रहेका छन् । केनले फोटोसेसन गर्ने बेला मेकअप म्यानले ती मोडल डोनाल्ड ट्रम्पकी प्रेमीका रहेको कुरा बताएपनि आफूले खासै ध्यान नदिएको केनले स्मरण गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com