नेपाल कोरोनाको उच्च जोखिमको सूचीमा : विश्व स्वास्थ्य संगठन
प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।
डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।
‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भने ।
नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको महानिर्देशक श्रेष्ठले बताए ।