भक्तपुर क्वारेन्टाइनमा राखिएका नेपालीको दोस्रो पटक परीक्षण गरिने


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहानबाट ल्याएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे शनिबार फेरि जाँच गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेको भोलि १४ दिन पुग्दैछ । यसअघि गएको ४ गते नै उनीहरुको रगत र (यालको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले भोलि फेरि परीक्षण गर्ने भएको हो । नमूना संकलन गरिएको तीन दिनपछि रिपोर्ट आउनेछ ।

रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका सबैजनालाई घर पठाउने सरकारको तयारी छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com